जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार ०६:३४

देउवाको अग्रता बढ्यो : १६०० मत गन्दा दुई सयले पछि परे शेखर, बिमलेन्द्र र प्रकाशमानको कति ?


काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिनुभएको छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म १६०६ मत गणना भएको छ।

अहिलेसम्म १६०६ मतगणना हुँदा देउवाले ७६८ मत ल्याउनु भएको छ । यस्तै डा. शेखर कोइरालाले ५९१ पाउनु भएको छ । यस्तै प्रकाशमान सिहं १२२, विमलेन्द्र निधि ९२ र कल्याण गुरुङले ४ मत पाउनु भएको छ । यो गणनामा देउवाले अग्रता कायमै राख्नुभएको हो । देउवालाई कोइरलाले पछ्याइरहनु भएको छ ।

मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको छ। मतगणनामा सुरुवाती अग्रता देउवाकै छ। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ।