जनता टाइम्स

१६ असार २०७६, सोमबार १४:५९

प्रदेश ३ ले विद्युतिय बस सञ्चालन गर्ने, साझा यातायातलाई ३२ करोड सहयोग


काठमाडौं, असार १६

साझ सहकारीले सञ्चालन गरिरहेको साझा यातायातले ३२ करोड प्राप्त गरेको छ ।

३ नम्बर प्रदेश सरकारले ३० करोड र ललितपुर महानगरले साढे २ करोड रुपैयाँ लगानी गरेको हो।

विद्युतीय बस सञ्चालनको लागि प्रदेश सरकार र महानगरले सहयोग गरेका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलासप्रसाद ढुङेलले हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमानि पौडेलले भविष्यको आवश्यकतालाई महसुस गर्दै प्रदेश ३ सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्न लागेको बताउनु भयो ।

४५ करोड रुपैयाँमा करिब ३० वटा बिजुली बस आउने अनुमान गर्दै, २० वटा बस काठमाडौंमा र अरू बस सडक राम्रो भएको हेटौंडा–नारायणगढ खण्डमा सञ्चालन गर्ने पौडेलको योजना रहेको छ ।