जनता टाइम्स

२१ पुष २०७८, बुधबार ११:३३

डबल क्याप जीप दुर्घटना, एकको मृत्यु


सुर्खेत, २१ पुस । दैलेख भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ आउँदै गरेको लु.२ च ४८२९ नं.को डबल क्याप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जीप चालक दैलैख भगवतीमाई गाँउपालिका ६ बस्ने ३० वर्षीया कृष्ण रोकाको घटनास्थलमा नै मृत्यु भएको हो ।

जीपमा ३ जना महिला ५ जना पुरुष र २ जना बच्चा गरेर १० जना सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।