जनता टाइम्स

२० आश्विन २०८३, मंगलवार १७:३९

सर्वोच्च अदालतमा ४ न्यायाधीशको नाम सिफारिस, को–को परे ?


काठमाडौं, असोज २० । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिस गरेको छ । सिफारिस हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहनुभएको छ ।

प्रधानन्यायाधीश डा. मनोज शर्माको अध्यक्षतामा सोमवार बसेको परिषद बैठकले सर्वाेच्चमा चार न्यायाधीश नियुक्तिको सिफारिश गरेको हो । परिषद स्रोतका अनुसार बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द बाहेक अरू सबै उच्च अदालतकै मुख्य न्यायाधीश हुन् ।