जनता टाइम्स

१६ असार २०७६, सोमबार २१:०३

अध्यक्षबीच मतभेद छ कि भन्ने आशंका नगर्नाेस, हामी एकै डुंगामा सवार भएकाले पार लगाएरै छाडछौं : प्रचण्ड


काठमाडौं, असार १६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले असारभित्र एकताको सवै काम सकाउने घोषणा गर्नुभएको छ । नेकपा संसदीय दलको आजको बैठकका बोल्दै अध्यक्ष प्रचण्डले अव ढिला नगरी असार मसान्तभित्र एकता सकाउने अठोट गर्नुभएको हो ।

पार्टी एकताका क्रममा तीन महीनाभित्र टुङ्ग्याउने भनिएको एकता प्रक्रिया विभिन्न कारणले ढिलाइ भए पनि असारभित्रै सम्पन्न गरिने विश्वास उहाँले दिलाउनुभयो । उहाँले पार्टी एकताको कामलाई टुङ्गो लगाएर पार्टीलाई नयाँ गति दिने र जनताका बीचमा जाने गरी नीति कार्यक्रम तथा योजनासमेत तय गरिने स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “हामीले ठूलो आँट गरेर पार्टी एकता गरेका हौँ । विभिन्न कारणले गर्दा तोकिएको समयमा पूरा हुन सकेन । त्यसलाई अब हामी छिट्टै पूर्णता दिन्छौं ।” प्रधानमन्त्री र आफ्नो बीचमा हरेक विषयमा सल्लाह हुने र छलफलका आधारमा नै सबै विषयलाई अगाडि बढाउने गरिएको भन्दै अध्यक्ष दाहालले आफूहरु एकै डुङ्गामा सवार भएकाले पनि त्यसलाई पार लगाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।