जनता टाइम्स

२८ पुष २०७८, बुधबार १२:१९

५ दलीय गठबन्धनका उम्मेदवारलाई एमालेका एक्ला उम्मेदवारले चटाए धुलो


विराटनगर, २८ पुस । जिल्ला सहकारी संघ लिमिटेड मोरंगको अध्यक्षमा डिल्ली पोखरेल निर्वाचित हुनु भएको छ । उहाँले अध्यक्षका प्रत्यासी वीरेन्द्र यादवलाई २९ मत अन्तरले पराजित गर्नुभएको थियो ।

पोखरेलले १५६ मत प्राप्त गर्नुभयो भने यादवले १२७ मत ल्याउनु भएको थियो । ५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।पोखरेललाई पराजित गर्न ५ दलीय सत्ता गठबन्धन एक भएका थिए । पोखरेल एमालेको उम्मेदवार भएको भन्दै एकिकृत समाजवादीका नेता यादवलाई जिताउन काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका दलहरु एक भएका थिए । चौतर्फी घेरावन्दीकावीच पनि पोखरेल निर्वाचित हुन सफल हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित पोखरेलले भने आफ्नो जित सम्पूर्ण सहकारी कर्मीहरुकोे जित रहेको बताउनुभयो । सहकारी संघको लेखा समिति संयोजकमा दुर्गाप्रसाद गौतम १४९ मत सहित विजयी हुनुाभयो । लेखासमिति संयोजकको अर्का उम्मेदवार गणेशप्रसाद निरौलाले १२३ मत ल्याउँदा गौतम २६ मतले विजयी हुनुभएको छ ।

यस्तै महिला सदस्यतर्फ सीता शर्मा दाहाल र संगिता दाहाल विजयी हुनुभयो । सीता शर्माले १३९ र संगिताले १४१ मत प्राप्त गर्नुभयो।यसैगरि मतदानमा महिला सदस्यका उम्मेदवार माया ओझाले १३३, तुलसी कुँवर बिष्टले ११० मत प्राप्त गर्नुभएको थियो। सञ्चालक समिति सदस्य खुलातर्फ भने कमलेश्वर ठाकुर, विजयकुमार सरदार, उमेश गुरुङ, जीवन काफ्ले, चन्द्रप्रसाद भट्टराई, प्रभात खड्का, ऋषिराज पौडेल, हेडम्बराज भट्टराई र मिराकुमारी दाहाल हिरा विजयी हुनुभएको छ ।

बरिष्ठ उपाध्यक्षमा विजय माझी, महिला उपाध्यक्षमा पार्वता बराल, सचिवमा राकेश दाहाल, सह‒सचिवमा युवराज भट्टराई र कोषाध्यक्षमा अमृत गुरुङ निर्विरोध निर्वाचित हुनुभएको थियो । शनिबार अध्यक्ष, सञ्चालक र लेखा संयोजक पदमा निर्वाचन भएको थियो ।