जनता टाइम्स

१७ असार २०७६, मंगलवार १५:४३

अवैधरुपमा पोखरामा बस्दै रुसी नागरिक पक्राउ


पोखरा, असार १७

अवैधरुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजात बिना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको हो ।

पर्यटकीयस्थल लेकसाइडमा माला, क्युरियोलगायत सामग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई प्रहरीले आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय पोखरालाई बुझाएको थियो । उनलाई आजै अध्यागमन विभाग काठमाडौं पठाइएको छ ।