जनता टाइम्स

६ माघ २०७८, बिहीबार ०७:५१

सरकारले बढायो पेट्रोल-डिजेल र मट्टितेलको मुल्य, कुनमा कति बढ्यो ?


काठमाडौं, माघ ६ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिबाट लागूहुनेगरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

निगमले बढाएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ । यस्तै डिजेल १२२ र मट्टितेल १२२ रुपैयाँ पुगेको छ । निगमले आन्तरिक हवाई इन्धनको मूल्य पनि बढाएको छ । प्रतिलिट ५ रुपैयाँले बढेर हवाई इन्धन १०६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ ।

एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको निगमले जनाएको छ ।