जनता टाइम्स

११ माघ २०७८, मंगलवार ०८:३६

प्रचण्ड र माधव नेपालका कारण लोकतन्त्र संकटमा : शेखर कोईराला


काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोईरालाले प्रचण्ड र माधव नेपालका कारण लोकतन्त्र संकटमा परेको बताउनुभएको छ ।

मंगलबार बिहान एक रेडियो कार्यक्रममा बोल्दै नेता कोईरालाले प्रचण्ड र माधव नेपालले निर्वाचन नै नचाहेको बताउनुभयो ।लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो त्यो नै नचाहनु लोकतन्त्र समाप्त पार्नु हो कोईरालाले भन्नुभयो । सभापति शेरबहादुर देउवा सत्तारूढ गठबन्धनसँग मिलेर चुनाव जाने तयारी गरिरहेको भन्दै कांग्रेसका संस्थापनइतर समूहले आक्रोश पोखेको छ ।नेता कोइरालाले आफ्नो समूहका नेताहरूसँग त्यसबारे सोमबार भर्चुअल रूपमा संवाद गरेका छन् ।

सभापति देउवा गठबन्धनसँग मिलेर चुनावमा जान खोजिरहेको विषयमा कोइरालाले नेताहरूको राय लिनुभएको थीयो ।‘आफ्ना केही नजिकका मानिसहरूलाई लिएर उहाँ गठबन्धनको नाममा चुनावमा जाने तयारी गरिरहनुभएको छ, त्यसमा हाम्रो गम्भीर प्रश्न छ,’ कोइरालाले राखेका कुरा उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भननुभएको छ ।

चुनावजस्तो विषयमा पार्टीभित्र छलफलै नगरी सभापति देउवा अघि बढेको भन्दै सहभागी नेताहरूले आक्रोश व्यक्त गरेको ती नेताले बताएका छन ।