जनता टाइम्स

१७ माघ २०७८, सोमबार २२:४०

गठबन्धन सरकारको बोल्ड निर्णय : दुधको मूल्य १३.१७ प्रतिशतले वृद्धि


काठमाडौं, १७ माघ । सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ ।

यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभएर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए ।