जनता टाइम्स

१८ माघ २०७८, मंगलवार १४:४६

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता, यस्तो छ कोरोना खोप घोटालाको प्रमाण


काठमाडौँ, माघ १८ । एमाले निकट युवा संघले स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायब बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रूपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको युवा संघका संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।

उहाँका आज आज दर्ता भएको उजुरीमा मन्त्री खतिवडाले खोप गायब बनाएर राज्यकोषको २ अर्ब ४० करोड रकम हिनामिना भएको छ । कोरोना महामारी तिब्ररुपमा बढिरहँदा मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो ।