काठमाडौं, फागुन ५ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्री देउवाको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्याकेज सहमति र एमालेले संसदको अवरोध हटाउनु पर्ने भन्दै असहमति जनाउनु भएको छ ।
बैठकमा निकै चर्काचर्की भए पनि गठबन्धन जोगाएर आगामी तैनै तहको निर्वाचनमा गठबन्धन गर्ने बिषयसमेत उठेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा जनमोर्चालाई भने सहभागी गराइएन । सहमति जुटन नसकेपछि अर्काे बैठक शुक्रवार बिहान ९ बजे बस्ने गरी आजको बैठक टुंगिएको छ । प्रचण्ड र माधवले गठबन्धन जोगाएर अघि बढने बिषयमा प्याकेज सहमति खोज्नुभएकोले शुक्रवार बिहानका लागि पुनः बैठक बोलाइएको हो ।













प्रतिक्रिया दिनुहोस्