नवलपरासी, ६ फागुन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–११ स्थित रानीपाकडमा मोटरसाइकलको ठक्करबाट बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६ वर्षीय बालक निमराज चौधरी रहेका छन् । लु१९प १८७१ नम्बरको मोटरसाइकलले ठक्कर चौधरीको मृत्यु भएको पश्चिम नवलपरासीका डिएसपी प्रेमबहादुर शाहीले बताउनुभयो ।
भैहरवा–भूमही सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक रामग्राम नगरपालिका–१० का २७ वर्षीय नरेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।













प्रतिक्रिया दिनुहोस्