काठमाडौं, फागुन ८ । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । भर्खरै बालुवाटारमा बसेको बैठकमा संसदमा एमसीसी टेबल गर्ने सहमति जुटेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबाट आफू पछि नहटने अवरोध गरे सभामुखबिरुद्ध महाअभियोगदेखि मन्त्री बर्खात गर्नेसम्मको योजना बताएपछि माओवादी र नेकपा एकीकृत समाजवादीका अध्यक्षद्वय पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल चिसो पानीले नुहाउँदै एमसीसी अघि बढाउने सहमत हुनुभएको हो ।
एमसीसी राष्ट्रघाती रहेकोले अघि बढाउन नहुने दुवै दलले सडकमा कार्यकर्तालाई उतारेका थिए । आजको बैठकमा एमसीसीमा सहमति जनाउनु भएको हो । बैठकमा एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ ।













प्रतिक्रिया दिनुहोस्