जनता टाइम्स

९ फाल्गुन २०७८, सोमबार १७:५५

नेकपा एसमा माधवको हैसियत खस्कियो, एमसीसीको बिपक्षमा उभिने निर्णय लिन बाध्य


काठमाडौं, फागुन ९ । नेकपा एकीकृत समाजवादी संसदमा टेबल भएको अमेरिकी सहायता परियोजना (एमसीसी) का विपक्षमा उभिने भएको छ । एमसीसीलाई लिएर पार्टीभित्रै चर्काे बिवाद देखिएपछि आज बसको एकीकृत समाजवादीको सचिवालयको बैठकले एमसीसीको बिपक्षमा उभिने निर्णय गरेको हो ।

‘हामी एमसीसीको विपक्षमा उभिने छौं,’ बैठकका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो, ‘सबैलाई विपक्षमा उभिने भन्ने छौं र त्यसका लागि वतावरण बनाउने छौं ।’ एमसीसीको प्रक्रियाबारे सामान्य मतभेद भए अरु कुनै विवाद नभएको खतिवडाको भनाइ छ । ‘सामान्य व्यवस्थापकीय कुरामा चर्चा चलेको कुराले हाम्रो एकतालाई काहीँ पनि तोड्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘यसमा हाम्रो कुनै मतभेद छैन् ।’

एमसीसी टेबल गर्न दिने अध्यक्ष माधव नेपालको निर्णयमा सम्मानित नेता झलनाथ खनालले कडा प्रतिवाद गर्नुभएको थियो । अध्यक्ष नेपाल एमसीसीको पक्षमा भएपनि पार्टीका अधिकांश नेता बिपक्षमा लागेपछि सचिवालय बैठकबाट निर्णय गर्न बाध्य हुनुभएको हो ।

एमसीसीको विरोध गर्ने कुरा र सरकारमा रहेको विषयलाई जोड्न आवश्यक नरहेको उनको भनाइ छ । ‘सरकारमा जाँदा एमसीसी पास गर्ने शर्तमा गएका थिएनौं,’ खतिवडाले भने, ‘सरकारमा रहने र एमसीसीको विरोध गर्ने कुरालाई जोड्ने कुरा आवश्यक छैन् । यो देशको कुरा हो । यसबारे हामीलाई कुनै पाठ पढाइरहन जरुरी छैन ।’