जनता टाइम्स

१५ फाल्गुन २०७८, आईतवार १६:१९

पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश


तनहुँ, १५ फागुन । तनहुँ जिल्ला अदालतले नायक पल शाहलाई जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । अदालतले शाहमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न म्याद थप गरेको हो । शाह आज जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो ।

एक नाबालिकाले गत फागुन ११ गते शाहविरुद्ध जाहेरी दिएकी थिइन् । बलात्कार आरोपी अभिनेता शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरको गैंडाकोटमा आज अर्को उजुरी समेत दर्ता भएको छ । नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताउनुभयो ।