जनता टाइम्स

२४ श्रावण २०८३, आईतवार १५:०३

फेरियो समानताको नमुना, प्रज्ञा–प्रतिष्ठानमा पर्यटनमन्त्रीको गृहजिल्लाबाट मात्रै आठ जना


काठमाडौं, साउन २४ । पर्यटनमन्त्री खडकराज पौडेल (गनेश) ले आफ्नो हात जगन्नाथ गर्दै प्रज्ञा प्रतिष्ठानमा आफ्नो गृहजिल्लाबाट मआठ जनालाई नियुक्ति दिनुभएको छ । सुदुरपश्चिम प्रदेशलाई जानाजान अपमान गरेर मन्त्री पौडेलले आफ्नो गृहजिल्ला कास्कीबाट मात्रै आठ जनालाई नियुक्त गर्नुभएको हो ।

सरकारले लामो समयदेखि रिक्त रहेको तीन प्रज्ञा–प्रतिष्ठानलाई शुक्रबार (साउन २२) पूर्णता दिएको हो । सो क्रममा मन्त्री पौडेलको गृहजिल्ला कास्कीबाट मात्र आठ सभा सदस्य सभा सदस्यमा परेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिष्ठानहरूको प्राज्ञ परिषद् र प्राज्ञ सभा सदस्य समेत गरेर ८३ सर्जकलाई मनोनयन गरेको छ । मन्त्रालयले नेपाल प्रज्ञा–प्रतिष्ठानमा ३५, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा २४ र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा २४ जनालाई मनोनयन गरेको हो ।

यी तीनै प्रज्ञा–प्रतिष्ठानमा गरेर मन्त्रालयले कास्कीका मात्र आठजनालाई परिषद् तथा सभा सदस्यमा मनोनयन गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्यमा मनोनीत तीर्थबहादुर गुरुङ कास्कीका हुनुहुन्छ । प्राज्ञ सभा सदस्यमा मनोनीत दीपक श्रेष्ठ र शंकरमणि त्रिपाठी पनि कास्कीकै हुनुहुन्छ ।

यस्तै संगीत तथा नाट्य प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा मनोनीत दीपक पराजुली, विनोद बानियाँ पनि कास्की निवासी हुनुहुन्छ । यस्तै ललितकला प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा मनोनीत दिलबहादुर गुरुङ, इसान परियार र नारायणबहादुर गुरुङ समेत कास्कीकै निवासी हुनुहुन्छ ।

उहाँहरू सवैलाई रास्वपाले तय गरेको मेरिटोक्रेसी अर्थात मन लागेकालाई छान्ने योग्यताअनुसार मन्त्री पौडेलले भर्ती गर्नुभएको हो । यता सुदुरपश्चिम प्रदेश भने चुपचाप घन्टी छाप बनेको छ ।