म्याग्दी, भदौ ६ । प्रधानमन्त्री कार्यालयबाट बिदा लिएर परिवारसहित मुस्ताङको निजी भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री बालेन्द्र शाह म्याग्दीबाट अघि बढनुभएको छ ।
श्रीमती सविना काफ्ले र छोरीलाई अघिल्लो सीटमा राखेर आफै ड्राइभिङ सीटमा रहनुभएका प्रधानमन्त्री बालेनको टीम रुप्से झरना हेर्दै नहेरी अघि बढेको छ ।
मुस्ताङ यात्रामा रहनुभएका प्रधानमन्त्री बालेन सवार र सुरक्षाकर्मीको अगुवापछुवा गाडी शनिबार दिउँसो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनाबाट अगाडि बढेको छ ।
मुस्ताङ आउजाउ गर्ने पर्यटक यो झरनामा फोटो र भिडियो खिचेर यात्रा अघि बढाउँछन् ।तर प्रधानमन्त्री बालेन र उहाँको टिम झरनामा नरोकिई सिधै मुस्ताङ सदरमुकाम जोमसोमतर्फ लागेको हो ।
म्याग्दीको तातोपानीस्थित होटेल न्याचुरल स्प्रिङमा एक घण्टा विश्रामपछि प्रधानमन्त्री बालेन सिधै जोमसोमतर्फ अघि बढनुभएको हो । उहाँहरु पोखराबाट आज मुस्ताङतर्फको यात्रामा लाग्नुभएको हो ।














प्रतिक्रिया दिनुहोस्