काठमाडौं, असोज २०। नेपाली कांग्रेसको सभापति पदका लागि गगन थापाले उमेदवारी दर्ता गराउनु भएको छ ।
थापाले भर्खरै राष्ट्रिय सभागृह पुगेर उमेदवारी दर्ता गराउनु भएको हो । १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित थापा गत पुसमा भएको विशेष महाधिवेशनबाट सभापति पदमा निर्वाचित हुनुभएको थियो ।
थापाले पन्ध्रौँ महाधिवेशनमा सभापतिका लागि उमेदवारी दर्ता गराउनु भएको हो । सभापति पदमा यसअघि नै श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराउनु भएको छ । खडगी थापाका गुरु हुनुहुन्छ ।
यस्तै बरिष्ठ उपसभापतिमा बिश्वप्रकाश शर्माले उम्मेद्वारी दर्ता गराउनु भएको छ भने उपसभापति, महामन्त्री, सहमहामन्त्रीमा उम्मेद्वारको जुलुस लागेको छ ।














प्रतिक्रिया दिनुहोस्