जनता टाइम्स

२० आश्विन २०८३, मंगलवार १९:५२

कांग्रेसको उपसभापतिमा डेढ दर्जन बढी दावेदार : चन्द्र भण्डारी-धनराजदेखि पुष्पा भुसाल र बिनोद चौधरीसम्म बने उम्मेदवार


काठमाडौं, असोज २० । नेपाली कांग्रेसको उपसभापति पदमा सबैभन्दा बढी नेताहरू आकांक्षी देखिएका छन् ।

सभापतिमा गगन थापा र बरिष्ठ उपभसभापतिमा बिश्वप्रकाश शर्माले उम्मेद्वारी दर्ता गराउँदा उपसभापतिमा भने डेढ दर्जनभन्दा बढी नेताले उम्मेद्वारी दर्ता गराएका हुन ।
कांग्रेसको १५औं महाधिवेशनमा सोमवार नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी दर्ता भएको हो । राष्ट्रिय सभागृहमा भइरहेको चुनावी प्रक्रिया अन्तर्गत उपसभापतिमा १५ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । उम्मेद्वारी दर्ता गराउनेमा डाक्टर शेखर कोइरालाको क्याम्प छाडेर महाधिवेशन उदघाटनको दिनबाट संस्थापनतिर खुलेका १४औं महाधिवेशनबाट निर्वाचित उपसभापति धनराज गुरुङदेखि बिनोद चौधरीसम्म हुनुहुन्छ ।
उपसभापतिमा उम्मेद्वारी दिनेमा धनराज र चौधरीका अतिरिक्त फरमुल्लाह मन्सुर, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, जीवन परियार, प्राडा. चन्द्रमोहन यादव र ई. मधु आचार्य हुनुहुन्छ । यसैगरी गोविन्द भट्टराई, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, चन्द्र भण्डारी, देवराज चालिसे, सीता गुरुङ र रञ्जीत कर्णले पनि उपसभापतिमा उम्मेद्वारी दर्ता गराउनु भएको छ ।