पोखरा, भदौ ८ । सरकारी खर्चमा निजी भ्रमणका क्रममा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भिडियो खिचेको भन्दै नेपाली सेनाले पत्रकारको क्यामेराबाट भिडियो हटाएको छ ।
प्रधानमन्त्री बालेनको सुरक्षामा खटिएका नेपाली सेनाको टोलीले एक पत्रकारको क्यामराबाट भिडियो नै डिलिट हानेको हो ।मुस्ताङ भ्रमण सकेर आइतबार पोखरा फर्किनुभएका प्रधानमन्त्री शाह पोखरा महानगरपालिका वडा नम्बर–१४ स्थित मझेरी मन्जिल रिसोर्टमा बसेका बेला ‘मेरो साथी टीभी डटकम’का पत्रकार सुरेश सुनारले भिडियो खिच्नुभएको थियो ।
पत्रकार सुनारका अनुसार रिसोर्टको गेटबाट भिडियो खिच्न नदिएपछि उहाँले विजयपुर खोलापारिबाट रिसोर्ट परिसरमा बसिरहनुभएका प्रधानमन्त्री शाहको दृश्य क्यामेरामा कैद गर्नुभएको थियो ।
प्रधानमन्त्री शाहको भिडियो खिचेको पारिपट्टिबाट देखेपछि सेनाको टोली गाडी लिएर आएको र प्रधानमन्त्री शाहको अत्यन्तै ‘निजी भ्रमण’ भएको भन्दै क्यामेरामा कैद भएका दृश्यहरू एक–एक गरी डिलिट गरेका हुन ।
नेपालमा अहिलेसम्म शाहीकालमा बाहेक खचिएको भिडयो मिडियाकर्मीबाट डिलिट हानिएको थिएन । माओवादी युद्धकालर शाहीकालीन समयमा नेपाली सेनाको एकाध उदण्ड अधिकारीले यस्तो हर्कत गरेका थिए । लोकतन्त्र अएपछि भने बालेनको पालामा पुनः सेनाको उदण्ड हर्कत दोहोरिएको हो ।
प्रधानमन्त्री बालेन शुक्रबार सडक मार्ग हुँदै पत्नी सविना काफ्ले र छोरीसहित सचिवालय टोली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) सहित पोखरा आउनु भएको थियो । प्रधानमन्त्री शाह मुस्ताङ जाने क्रममा माछापुच्छ्रे गाउँपालिकाको अस्तामस्थित अन्नपूर्ण इको भिलेज लजमा बास बस्ने क्रममा पनि सेनाले कसैलाई पनि प्रवेश दिएको थिएन ।
सेनाले प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई कुनै जानकारी नदिई प्रधानमन्त्रीको ब्यवस्थापन आफैले लिएको हो । त्यसबेला पनि सेनाले सुरक्षा कडा पार्दै सञ्चारकर्मीलाई आधा किलोमिटर वरै रोकेको थियो भने लजका कर्मचारीलाई पनि परिचयपत्रका आधारमा मात्र प्रवेश दिएको थियो।
सेनाले पत्रकारको क्यामरामा कैद भएको भिडियो मेटाएको बिषयमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेतले कडा आपत्ति जनाउनु भएको छ । शर्मा र बस्नेतले सेनाबाट भएको यसप्रकारको ज्याद्धती तत्कालै करेक्शन गर्न सार्वजनिक अपिल पनि गर्नुभएको छ ।
पत्रकार महासंघ अध्यक्ष शर्माले भन्नुभएको छ, ‘व्यक्तिगत भ्रमण भनेर पत्रकारले खिचेको तस्विर र भिडियो डिलिटगर्न लगाउने प्रधानमन्त्री ज्युले पदले मागेका सुरक्षा लगायतका सबै सेवा उपयोग गर्नुभएको छ । यस्तो भ्रमण कसरी व्यक्तिगत हुन्छ प्रमज्यू ? सुरक्षा निकायले पत्रकारले खिचेको फोटो र भिडियो डिलिट गराउनु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप हो ।’
सार्वजनिक पदमा रहेका ब्यक्तिको हरेक कामबारे नागरिकले जानकारी पाउनु अधिकार हो । मिडियाले यो धर्म निर्वाह गर्नुपर्छ । हाम्रा प्रधानमन्त्री बालेन्द्र शाह र सेना प्रमुखले यति सामान्य कुरा पनि किन बुझेर पनि बुझ पाचाएका होलान ?’

यस्तै प्रेस चौतारीका निवर्तमान अध्यक्ष बस्नेतले सार्वजनिक पदमा रहेका देशका कार्यकारी प्रमुखको कुनै पनि कुरा गोपनीय नहुने भन्दै सार्वजनिक पदमा रहेका ब्यक्तिको गोपनीयताको हतियार देखाएर पत्रकारको भिडियो डिलिट गर्न नमिल्ने बताउनु भएको छ ।
‘देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको कुनै पनि भ्रमण निजी हुँदैन । सार्वजनिक पदमा रहेका ब्यक्तिको हरेक कामबारे नागरिकले जानकारी पाउनु अधिकार हो । मिडियाले यो धर्म निर्वाह गर्नुपर्छ । हाम्रा प्रधानमन्त्री बालेन्द्र शाह र सेना प्रमुखले यति सामान्य कुरा पनि किन बुझेर पनि बुझ पाचाएका होलान ?’ बस्नेतले भन्नुभएको छ, ‘कृपया सैनिक शासनको अभ्याश रोक्नोस । अधिनायवाद र सर्वसत्तावाद हामीलाई स्वीकार्य छैन । इनफ इज इनफ !’














प्रतिक्रिया दिनुहोस्