जनता टाइम्स

१५ फाल्गुन २०७८, आइतबार २१:१२

एमालेको नारावाजीबीच संसदबाट एमसीसी अनुमोदन: प्रचण्ड-माधवले लगाए एमसीसी जिन्दावादको नारा


काठमाडौं, फागुन १५ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले अनुमोदन गरेको छ ।

एमसीसी राष्ट्रघाती रहेको सार्वजनिक घोषणा गर्नुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डसहित उहाँहरुका सांसदको समर्थनमा आजको बैठकले एमसीसी अनुमोदन गरेको हो । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बुहमतले निर्णय गरेको हो । एमालेले प्रतिनिधिसभा विरोधै क्रममा अनुमोदन गरेको हो ।

सरकारमा रहिरहन जेसुकै गर्ने प्रचण्ड माधवको घोषणाअनुसार आज एमसीसी पारित भएको हो । दुवै नेताको अनुहार छोप्न सरकारल् व्याख्यात्मक टिप्पणीको नाटक गरेको छ । जस्को हैसियत सून्य हुने एमसीसी मुख्यालेले बताइसकेको छ । आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।