जनता टाइम्स

१७ फाल्गुन २०७८, मंगलवार १६:१३

एमसीसी पास गरेर केपी ओलीको सपना चकनाचुर पारियो : माधव नेपाल


काठमाडौं, फागुन १७ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनका सदस्य एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग एमसीसी संसदबाट पारित गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीको सपना चकनाचुर पारेको बताउनु भएको छ ।

एमसीसीलाई नेकपा एमालेले भाँडन चाहेको तर आफूहरुले बिफल बनाइ दिएको नेपालले जिकिर गर्नुभयो । ‘एमसीसी पास गरेर केपी ओलीलाई हराइएको छ, एमसीसी भाँडेर गठबन्धन फुटाउने र आफूलाई सिद्ध्याउने एमाले र केपी ओलीको सपना चकनाचुर भएको छ, दुई हप्तादेखिका षडयन्त्रहरू एकै मिनेटमा चुड्की बजाएर अन्त्य गरिएको छ’, नेपालले भन्नुभयो ।

केपी ओलीले आफू र आफ्नो पार्टी नै समाप्त पार्न खोजेकोमा एमसीसी पास गरेर त्यसलाई असफल गराउन सकिएको नेपालल बताउनु भयो । एमसीसी राष्ट्रघाती रहेको भन्दै आफ्ना जनबर्गीय संगठनका नेताहरुलाई सडकमा अराजकता मच्चाउन पठाउनु भएका नेपालले सरकारबाट फालिने अवस्था आएपछि सत्ताका लागि जे गर्न पनि तयार हुने सिद्धान्त प्रतिपादन गरी संसदबाट पारित गराउन लाग्नुभएको थियो ।

एमसीसी पास गरेसँगै पार्टीका नेता कार्यकर्ताले पार्टी नै छाडने क्रम बढेपछि आज पत्रिकार सम्मेलन गरी नेपालले एमसीसी पास गरेर पार्टी र सरकार जोगाएको प्रष्टिकरण दिनुभयो । उहाँले व्याख्यात्मक घोषणा एमसीसीको सैद्धान्तिक सहमति अनुसार तयार गरिएको जिकिर पनि गर्नुभयो । एमसीसी देशको हितमा रहेको नेपालको भनाई छ ।