जनता टाइम्स

२२ असार २०७६, आईतवार १२:३६

गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ : मन्त्री राई


नेपालगञ्ज, असार २२

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताउनुभएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयले आज नेपालगञ्जमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले भौतिक पूर्वाधार निर्माणका क्रममा वातावरण विनाश हुन नदिन सरकार सचेत छ भन्नुभयो ।

“नेपालगञ्जमा सडक तथा नाला निर्माणका क्रममा जसबाट गल्ती भएको छ, त्यो सच्याउने जिम्मा पनि उसैले लिनुपर्छ” मन्त्री राईको भनाइ थियोे । मन्त्रालयले नेपालगञ्जमा १० हजार रुखका बिरुवा रोप्ने तयारी भइरहेकाले यसका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरिने छ,उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, पत्रकार, राजनीतिक दलका पदाधिकारी, निर्माण व्यवसायी तथा सरोकारवाला पक्षको सहभागिता थियो ।