काठमाडौं, फागुन २२ । राज्यको पूर्ण स्वामित्वमा सञ्चालित नेपाल टेलिभिजन अब पूर्ण विघटनको बाटोतिर तीव्र रुपमा अगाडि बढेको छ। यसलाई धरासायी बनाउन संस्थान भित्रैका चरम भ्रष्टाचारी समूहहरु धमिरा बनेर लागिपरेका छन्। कमिशनको खेल बाहेक अरु भाषा उनिहरु बुझ्दै बुझ्दैनन र राष्ट्रको लगानी रहेको, विश्वसनीय मानिएको र बलियो रहेको नेपाल टेलिभिजनकाे अधोगति हेर्दा अब यो संस्था छिटै सिद्धिने दिसामा तेज गतिले अगाडि बढिरहेको छ।
मण्डले पृष्ठभूमिका छेपारो भन्दा छिटो छिटो रङ फेर्ने, जुन पार्टी सत्तामा आयो त्यसैको चाकडीमा लिन हुने, चरम भ्रष्ट साेहेताे नेपाल कम्पनीका व्यवसायिक साझेदार र नेपाल टेलिभिजनका वरिष्ठतम कर्मचारीको नेतृत्वमा अर्जुन बटाला, वरुण सिंह, दिपक जङ्ग हमाल र विजेन्द्र गुप्ताको गिरोह भ्रष्टाचार सम्बन्धी सम्पूर्ण कार्यमा संलग्न छ।
यहि गिरोहका नाइके साेहेतो नेपालका व्यापारिक साझेदार र प्रशासन हेर्ने नायब महाप्रबन्धक विष्णु राम न्यौपाने र कांग्रेस काे एक मात्र ठेकेदार आफूलाई ठान्ने शालिकराम सुवेदी सहितको यो गिरोह मिलेर नेपाल टेलिभिजनमा काम गर्ने वामपन्थी पृष्ठभूमिका र खासगरी एमाले समर्थित कर्मचारीलाई तारो बनाउने, दुःख दिने, सरुवा गर्ने र जागिरबाट झिक्नेसम्म्को रणनीति बनाई कार्यकारी अध्यक्ष समीर जंग शाह लाई दबाब दिइरहेका छन्। यो सिलसिला सुरु भइसके छ।
हालैमात्र संस्थानका कानूनी सल्लाहकार निरव ज्ञवालीलाई हटाइएको छ उनी आफ्नो क्षेत्रमा अत्यन्त पोख्त, अन्तराष्ट्रिय कानुनको जानकार, युवा, उर्जाशिल र भ्रष्टाचार नियन्त्रणमा विशेष भूमिका खेलेका भविष्यका आशालाग्दा कानुनविद् हुन्। उनलाई संस्थानमा कायमै राखेमा आर्थिक अनियमितता गर्न नपाइने भएकाले सबै भन्दा पहिले उनैलाई हटाइएको छ। उनी राजनीतिमा चासो लिँदैनन् , व्यवसायी हिसाबले अब्बल छन् तर एमाले नेता देवी ज्ञवालीका पुत्र भएकै नाताले उनलाई पदबाट हटाएर पहिलो शिकार बनाइएको छ।
वामपन्थी पृष्ठभूमि भएका अन्य दुई जना पत्रकारहरुलाई हटाइसकिएको छ र लामो लिष्ट उक्त भ्रष्ट गिरोहले तयार पारेर कार्यान्वयनमा लैजान ठिक पारेर बसेका छन्। कर्मचारीको सरुवा बढुवा र निष्कासन गर्ने काम गरी ठूलो आर्थिक चलखेल गर्ने योजना बनाइएको छ। हालै मात्र यसै गिरोहकाे सिफारिसमा थुप्रै कांग्रेसी कार्यकर्ता भर्ना गरिएको छ र लाखौं रकम उठाइएको छ। भ्रष्टाचारका अनगिन्ती श्रृंखला अब अगाडि बढ्दै छन्।
नेपाल टेलिभिजनको सबैभन्दा बलियो पक्ष भु सतही प्रसारण अहिले बन्द प्राय छ।यसमा अरबौ लगानी गरिएको छ ।भइरहेका १९ वटा स्टेशन बन्द छन् सर्वसाधारणले हेर्न पाएका छैनन् तर थप स्टेसनहरू निर्माण हुँदैछन् करोडौंको कमिशनको खेल यसमा छ।
संस्थानले योजना बनाएको नयाँ च्यानल NTV World काे भवन बनाउने काम, उपकरण राख्ने स्थानको केही ठेगान छैन तर बीसौं करोडको उपकरणको टेन्डर गरी ल्याउने क्रम सुरु भएको छ। भवननै नबनाई कर्मचारीको ठेगान नै नभई भइरहेका channel समेत ठिक संग सञ्चालन गर्न नसकिरहेको बेला हत्तनपत्त उपकरण मगाई सक्नुले र उक्त उपकरणका एकमात्र ठेकेदार साेहेतो नेपाल हुनुले उक्त गिरोह कमिसनको खेलमा कती सक्रिय छ सजिलै बुझ्न सकिन्छ।
करिब दुई वर्षअगाडि क्षेत्रीय व्यूरो सञ्चालनमा ल्याउन खरिद गरिएका उपकरणहरू हालसम्म जडान भएका छैनन् तर रकम भुक्तानी गरी कमिसन खाइसकेका छन्। भुसतही प्रसारण को पहुँच समाप्त गरिसकिएको यो गिरोहले अब Satellite को पहुँच पनि सिध्याउन लगातार कोसिस गरिरहेको छ।
हालको सत्ता गठबन्धनका साझेदार र व्यापारी तथा जनता टेलिभिजनका संचालकाेमिलेमतोमा हालको नेपाल टेलिभिजनको Satelliteको सम्झौता तोडी आफुले प्रयोग गर्दै गरेको Asiasat सँग सम्झौता गराई त्यसबाट ठूलो आर्थिक लाभ लिन खोजेको स्पष्टै देखिन्छ। हाल नेपाल टेलिभिजनले प्रयोग गरिरहेको सेटेलाइट विश्वका १४० भन्दा बढी देशमा पुग्छ भने asia sat को पहुँच ७० वटा देशमा पनि पुग्दैन।
अनि अहिले NTV हेरिरहेका आधाभन्दा बढी दर्शक सिधै बन्चित हुने स्थिती सिर्जना गर्न लागिएको छ। यसरी नेपाल टेलिभिजन लाई विघटन गर्ने र ध्वस्त पार्ने खेल तीव्ररुपमा अगाडि बढाइएको छ । यस्तै बुझेर सार्वजनिक लेखा समितिले नेपाल टेलिभिजनको हालको पहुँच र पावर नघट्ने गरी आवश्यक व्यवस्था गर्न स्पष्ट निर्देशन दिँदादिँदै पनि अटेर गरी सो निर्देशन उल्ट्याउन र ठूलो आर्थिक लाभ लिन स्वयं कार्यकारी अध्यक्ष र उक्त भ्रष्टाचारी गिरोह कम्मर कसेर लागेका छन्।
सार्वजनिक लेखा समितिका सभापति भरत शाह आफ्नै नातेदार भएको र उनलाई समेत आर्थिक लाभ हुने गरी व्यवस्था मिलाउने र उक्त निर्णय सजिलै बदर गरेर ल्याउने आफ्नो जिम्मा भएको र यसमा ढुक्क हुनु उक्त गिरोहलाई कार्यकारी अध्यक्ष समिर जङ्ग शाहले भन्दै हिडेको सूचना पनि बाहिर आएको छ। Asiasatलाई टेन्डर पार्न पहिले देखि नै लागेका बरुण सिंह र अर्जुन बटाला लाई सतर्कता केन्द्रले कारवाही गर्न लेखि पठाए पनि कारबाही अगाडि बढाइएको छैन ।अहिलेकाे Satellite को लामो समयदेखिको भुक्तानी आर्थिक प्रशासनका डि जी एम विष्णु न्यौपानेले अड्काई रहेका छन्। सम्झौतामा स्पष्ट रुपमा लेखिएको र हुँदै नभएको tax सम्बन्धी विवाद उठाएर हालको सेटेलाइट कम्पनीसँग आर्थिक लाभ लिन लगातार बार्गेनिङ गरिरहेका छन्।
उक्त कम्पनीले तिर्नै नपर्ने Tax लगाएर बार्गेनिङ गरी आर्थिक लाभ लिने र भनेको जति रकम हात नलागे यो सम्झौता भंग गरी Asiasat सँग नया समझौता गरी सो कम्पनीलाई नै पछि टेण्डर पार्ने गरी दोहोरो आर्थिक लाभ लिन यो गिरोह पुरै तयारी गरेर बसेका छन् । हालको Satalite ले लामो समयदेखि भुक्तानी नपाएकोले छिटो भुक्तानी गर्न र भुक्तानी नपाए सेवा अवरुद्ध हुन सक्ने भनि बारम्बार पत्राचार गरिरहेको छ।
तर भ्रष्ट गिरोहले नियत वश नै फाइल अड्काउने सम्झौता अनुसारको भुक्तानी नदिने र यसै बाहनामा विवाद सिर्जना गरी सेवा अवरुद्ध हुने स्थिति सिर्जना गर्ने र ब्ल्याक आउट हुन लाग्यो भन्ने बहाना बनाई गिरोहले ठिक पारेको अर्को सेटेलाइट सँग रातारात सम्झौता गरी ठूलो रकम हात पार्ने षडयन्त्रमा लागेका छन् । यसरी एकातिर संस्थानको पहुँच क्षेत्र घटाउने, भुक्तानी अड्काएर नाजायज आर्थिक फाइदा लिने र सम्झौता तोडी आफ्नो स्वार्थ अनुकूल Asiasat सँग गैरकानुनी सम्झौता गरी संस्थानलाई विघटन र ध्वस्त पार्ने खेलमा उक्त गिरोह कम्मर कसेर लागे को छ ।
संस्थानमा सोहेतो कम्पनीको एकाधिकार छ ऊ बाहेकको Tender अरुले पारेमा कि त रद्द हुन्छ या त अरुलाई सधै दुख दिन्छन। सेटलाइट मा पनि यही भइरहेको छ। निज साेहेताे कम्पनीले आपूर्ति गरेको O.B Van उपकरणहरु, HD, उपकरणहरु, Graphic उपकरणहरु अत्यन्त महंगो मूल्यमा लिएको छ तर सामान अत्यन्त कमसल छन्।अहिलेसम्म उसले अरबौंको कारोबार गरिसकेकाे छ। संस्थानमा अहिलेसम्म ९०% भन्दाबढी Tender उसैको पर्छ तर गिरोह उतैबाट संचालित भएकोले कसैले औंला उठाउन सक्दैन ।
वामपन्थी भन्ने आरोप लगाएर संस्थानका इमान्दार कानुनी सल्लाहकार नीरव ज्ञवालीलाई हटाएपछि अब वामपन्थी विचार राख्ने व्यवस्थापन र तल्लो तहका कर्मचारी तिर निशाना साध्न लागेका छन् ।अब सम्पूर्ण वामपन्थी विचार राख्ने कर्मचारीको हैसियत देखाइदिन्छौं भन्दै विष्णुराम न्याैपाने, सालिक सुवेदी, दिपक जङ्ग हमाल र अर्जुन बटालाको चंडाल चाैकडी खुलेआम मैदानमा उत्रिएका छन्।
संस्थानको भू सतही तथा Satalite को पहुँच समाप्त गरी विघटन तिर लैजाने, अन्तर्राष्ट्रिय सम्झौता समेत नमान्ने, रकम भुक्तानी नगर्ने र यसैको बहनामा प्रसारण अवरुद्ध हुने अवस्था सिर्जना गरी अर्को Satlight सँग सम्झौता गरी ठूलो आर्थिक लाभ लिने, सार्वजनिक लेखा समिति जस्तो राज्यको सार्वभाैम संस्थाको निर्देशन नमान्ने, राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन नमान्ने, HD उपकरणहरु, graphics आदि ठीक सँग नचल्ने र राज्यको एकमात्र विश्वसनीय टेलिभिजन र सम्पूर्ण जनताको लगानीमा चलेको संस्थालाई लगातार आउने तिन तिन वटा चुनाव अघि नै विश्वव्यापी पहुँच पुर्याई थप प्रभावकारी बनाउनुपर्नेमा उल्टै भएको पहुँचलाई समेत खुम्च्याएर काम नलाग्ने बनाई विघटन र ध्वस्त पार्न लागेबाट अब देशका प्रमुख राजनीतिक पार्टीहरुले समेत सिधै हस्तक्षेप गर्नुपर्ने स्थिति टड्कारो देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्