जनता टाइम्स

२५ फाल्गुन २०७८, बुधबार ११:५३

सुनको भाउले तोड्यो रेकर्ड, इतिहासकै महंगो आज


काठमाडौं, २५ फागुन । आज सुन इतिहासकै महँगो भएको छ । मंगलबार तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम हुँदै सुनको मूल्यले कीर्तिमान बनाएको हो । सुनको यो मूल्य हालसम्मकै उच्च हो । आज तेजाबी सुनको भाउ पनि तोलामा २५ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ९० हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ९० हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १२ सय ४३ रुपैयाँ कायम गरेको छ । पछिल्लो ९ दिनमा सुनको मूल्य प्रतितोला ९ हजार बढेको हो ।