बाँके, २५ फागुन । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ जिरोमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका–४ घर भएका २८ वर्षीय प्रहरी जवान हिरालाल थारु रहनुभएको छ । उहाँ ईलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भइ अस्थाई प्रहरी पोष्ट बनगाई दाङमा कार्यरत हुनुहुन्थ्यो ।
जिपको ठक्करबाट गम्भीर घाइते हुनुभएको उहाँको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुकी सवा ७ बजे लु १ च ८१ १९ नम्बरको स्कारपियो जिपले घर बिदा सकाएर कार्यालय तर्फ फर्किदै गरेका थारु सवार भे ५ प ७१ ५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिप सहित चालकलाई प्रहरी चौकी अगैयाले नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया दिनुहोस्