जनता टाइम्स

२९ फाल्गुन २०७८, आईतवार २०:३४

राज्यको हितका लागि काम गर्दा आफूलाई तस्कर भनिएको भन्दै पूर्व राज्यमन्त्री दुगडको आपत्ति


काठमाडौं, २९ फागुन । पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले राज्यको हितका लागि काम गर्दा आफूलाई तस्कर भनिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

नेकपा एमालेको उद्योग तथा वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रको वर्तमान अवस्थाबारे आयोजना गरेको छलफलमा बोल्दै दुगडले यस्तो धारणा राख्नुभएको हो ।‘मोती दुगडले नुनको तस्करी गर्‍यो, गाँजा र अफिमको पनि तस्करी गर्‍यो भनेर छापेका छन्, म त मेरो फोटो समेत छाप्नुस् भन्छु, नपुगे मसला म दिन्छु,’ दुगडले भने, ‘देश र जानताका लागि अर्थतन्त्रमा योगदान गरिरहेका मानिसलाई लखेट्ने काम भएको छ ।

’नुन तस्करी हुन नसक्ने भन्दै उहाँले सबै खाले तस्करीका घटनामा आफूलाई जोड्ने काम भएको भन्दै दुखेसो गर्नुभयो । विभागका अध्यक्षसमेत रहनुभएका दुगडले मुलुकको अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको बताउनुभयो।अर्थतन्त्र बिग्रिनुमा वर्तमान सरकार जिम्मेवार भएको आरोप लगाउँदै उहाँले सरकारले निजी क्षेत्रलाई दपेट्ने काम गरेको बताउनुभयो । ‘वर्तमान सरकारले कर नतिर्ने उद्योग तथा होटललाई ताला लगाउने काम गरेको छ,’ दुगडले भन्नुभो, ‘कर नतिर्नेलाई ताल लगाउँदा यो देशको औद्योगिक वातावरण बिग्रिन्छ लगानी प्रभावित हुन्छ ।’उद्योगी व्यवसायीको समस्या समाधान गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ७ महिनादेखि खाली राखेको भन्दै उहाँले अब उद्योगीको समस्या लिएर एमाले सरकारी निकायमा धाउने पनि दुगडले बताउनुभयो ।