चितवन , ४ चैत । भरतपुर महानगरपालिका वडा नं ११ का वडाअध्यक्ष वावुराम अधिकारीले वडा अध्यक्ष भए बापत प्राप्त पारिश्रमिक वडाकै बिकासमा खर्चनु भएको छ । वडाध्यक्ष अधिकारीले निर्वाचित भएपछि महानगरवाट प्राप्त सेवा सुविधा बापत प्राप्त रकम वडा भित्र वन्न लागेका परियोजनाहरुमा प्रदान गर्नुभएको हो ।
उहाँले वडा भित्र वन्दै गरेको गणेशधाम परियोजनाका लागि एकलाख ५० हजार एकसय ५१ र नयाँकिरण माध्यमिक बिधालय भोजाडमा कोठा निर्माणका लागि रकम रुड्ड दुईलाख ११ हजार एकसय ११ प्रदान गर्नुभएको छ । सम्वन्धित परियोजनालाई आंशिक रकम दिईएको र अरु रकम छिट्टै हस्तान्तरण गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । वडाअध्यक्षले निर्वाचित भएर करिव एक वर्ष करकट्टि गरि मासिक २२,००० का दरले तलव बुझ्नुभएको थियो ।
त्यसपछि वडाका जनप्रतिनिधिलाई तलव बापत भुक्तान हुने रकममा रोक लागेको थियोे । तर महानगरले अन्य सेवासुविधा बापत प्रदान गर्दै आईरहेको न्युन रकमहरु संचित गरेर उक्त परियोजनाहरुकालागि हस्तान्तरण गर्न लागिएको अधिकारीले वताउनुभयो ।अधिकारीको यस कदमको स्थानीय वडावासीले प्रशंसा गरेका छन् ।
महानगरकै सवैभन्दा वढी जनसंख्या रहेको उक्त वडामा गत स्थानीय तहमा नेकपा(एमाले) वाट महानगरमै सवैभन्दा वढी मत ल्याएर अधिकारी वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । पारदर्शी र ईमान्दार कार्यशैलीका कारण अध्यक्ष अधिकारी वडामा लोकप्रिय मानिन्छन् ।













प्रतिक्रिया दिनुहोस्