काठमाडौं, ४ चैत । किशोरी (गायिका) लाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा रहेका अभिनेता पूर्ण विक्रम शाह उर्फ ‘पल शाह’विरुद्ध तनहुँ अदालतबाट तेस्रो पटक म्याद थप भएको छ । अभिनेता शाहविरुद्ध शुक्रबार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो ।
शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको तनहुँ प्रहरीले जनाएको छ । उनीविरुद्ध गत फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप भएको थियो । नवलपुरमा पनि उनीविरुद्ध जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो ।
नवलपुर अदालतमा शाहविरुद्ध मुद्धा दर्ता भइसकेको छ । सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर हिजो अदालतमा मुद्धा दायर गरेको हो । यसैगरी अनुसन्धानका लागि पक्राउ परेका शाहका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि पाँच दिनको म्याद थप गरिएको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्