जनता टाइम्स

२३ असार २०७६, सोमबार १२:११

राष्ट्रपति भण्डारीद्वारा राष्ट्र बैंकको भवन सिलन्यास, ३० महिनाभित्र निमार्ण सकिने


काठमाडौ,असार २३

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल राष्ट्रबैंकको भवन सिलन्यास गर्नुभएको छ । बलुवाटारमा ५ हजार ३२ वर्गक्षेत्रफलमा निमार्ण हुने भवन २०७८ सालमा सक्ने लक्ष्य लिइएको छ ।

२०७२ सालको भुकम्पपछि जिर्ण बनेको भवन पुनःनिमार्ण प्रधिकरणको प्रविधिक सहयोगमा निमार्ण हुन लागेको हो । भवनको निमार्ण समानान्तर जेभिले २ अर्व ८ करोड लागतमा निमार्ण गर्ने राष्ट्रबैंकले जानकारी दिएको छ ।

कार्यक्रमलाई उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निमार्ण शुरु भएको निधारित समयभित्रै सकिने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल राष्ट्रबैंकले स्थापनाकाल देखि गर्दै आएको भुमिकाको प्रशंसा गर्नुभयो । उहाँले राष्ट्र बैंक प्रति आम नेपालीको विश्वास र भरोसा रहेको हुँदा नेपालमा आत्मनिर्भर अर्थतन्त्रमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वित्तिय प्रणालीको प्रवद्धन गर्न यसले नियमन, नियन्त्रण, सुपरिवेक्षण र अनुगमन गर्दै वित्तिय प्रणालीलाई अनुशासनमा राख्ने अपेक्षा राखेको बताउनु भयो ।

राष्ट्र बैंक स्वयत्व सस्था भएकाले सरकारले अघि सारेका विकास र सुसाशनका एजेण्डालाई कार्यन्वयनमा लैजान आफुलाई परिचालित गर्ने उहाँले बताउनु भयो ।

‘बैंक तथा वित्तिय क्षेत्रले आम जनतको बचतलाई उत्पादनशिल क्षेत्रमा लगानी गरी मुलुकमा रहेको मानविय साधन, प्रकृतिक स्रोत र व्यवसायीक अवसरहरु प्रवद्धन गर्न अग्रसर हुने छन्’ भन्ने विश्वास व्यक्त गनुभयो ।