जनता टाइम्स

६ चैत्र २०७८, आईतवार २०:५५

बालिका बलात्कार आरोपमा एक युवक पक्राउ


पाल्पा, ६ चैत । पाल्पाको प्रहरीले त्यहाँकी एक १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।

चैत्र ४ गते साँझ रिब्दीकोट गाउँपालिकाकी ति बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही पालिका–६ का २१ वर्षीय मीनबहादुर गाहलाई पक्राउ गरेको हो ।

शनिवार पक्राउ गरेका गाहलाई प्रहरीले आज सार्वजनिक गर्दै अनुसन्धान अगाडी पढाइएको जनाएको छ ।