जनता टाइम्स

९ चैत्र २०७८, बुधबार १०:२९

बेसीशहरको खाँचेमा आमा समूहको भवन निर्माण


लमजुङ,९ चैत । बेसीशहर नगरपालिका–१० खाँचेमा स्थानीयको सक्रियतामा आमा समूहको भवन निर्माण गरिएको छ । स्थानीयको अग्रसरतामा २७ लाख लगानीमा प्रगति ज्योति नागरिक आमा समूहको भवन निर्माण भएको हो । भवन निर्माण कार्यक्रमका संयोजक सोमबहादुर तामाङका अनुसार बेसीशहर नगरपालिकाको ७ लाख, आमा समूहको ५ लाख र १५ लाख चन्दा संकलन गरी भवन निर्माण भएको हो । भवनसँगै चार कोठे शौचालय निर्माण भएको छ ।

शौचालयका लागि स्थानीय पसबहादुर तामाङले ७ लाख रुपैयाँ सहयोग गरेका थिए । भवनको उद्घाटन गर्दै बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले सामाजिक कार्यक्रमका लागि भवनले सहयोग गर्ने बताए । बैठक, भेला, विवाह, पुटपुटे लगायतको कार्यक्रम सञ्चालनका लागि भवन अति आवश्यक रहेको बताए । नगरपालिकाले सामुदायिक भवनलाई प्राथमिकतामा राखेर नगरपालिकाभित्र दुई सय वटा भवन निर्माण गरेको छ ।