जनता टाइम्स

२४ असार २०७६, मंगलवार ०९:११

महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन थुनुवा ग्रिल उप्काएर फरार


काठमाडौं, असार २४

काठमाडौंको भैंसेपाटीस्थित महानगरीय प्रहरी प्रभागबाट तीन थुनुवा सोमबार राति फरार भएका छन् । उनिहरु सोमबार राति प्रहरी हिरासतबाट भागेको ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले पुष्टि गर्नुभएको छ ।

फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका छन् । उनीहरु ग्रिल उप्काएर भागेकाे प्रहरीले जनाएकाे छ। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे पनि अनुसन्धान शुरु गरिएको धानुकले जानकारी दिनुभयो ।