काठमाडौं, चैत १५ । घर बनाउन लिएको अढाइ लाख रूपैयाँ ऋण तिर्न पाँचथरको तुम्बेवा २ मेवा घर भइ साउदीमा रहेका उज्वल तामाङले २०७६ को कात्तिकमा मनि ट्रान्सफर गरेर ३ लाख रूपैयाँ नेपाल पठाउनु भयो । आफूले पठाएको पैसा लिन श्रीमतीलाई मौवा बजारमा पठाउनु भयो । तर, १० हजार रुपैयाँ मात्रै पाए । बाँकी पाएनन् ।
मनि ट्रान्सफर सञ्चालक खेम खत्रीले भन्नुभयो, ‘अहिले सबै पैसा छैन, केही दिनमा आउनू, अलिक पछि बाँकी दिन्छु ।’ तामाङ पत्नी फेरि जानुभयो तर पैसा पाउनु भएन । नपाएपछि उहाँ रिसाउनु भयो र भन्नुभयो, ‘पैसा किन छैन भन्दै हुनुहुन्छ तपाईं ? कसरी छैन पैसा ? खत्रीले जवाफ फर्काउनु भयो, पैसा लिन जान पाएको छैन । उहाँले लेखिदिए भिजिटिङ कार्डको पछाडिपट्टि( ‘सयकडा दुईले ऋण चलाएको छु ।’
यसको केही दिनमै खत्री मनि ट्रान्सफरमा देखिन छाडे । हालसम्म खत्री कहाँ छन् भन्ने पत्तो छैन । उज्वलको मात्र होइन, खत्रीले तुम्बेवा–१ का भलुराम तामाङको पाँच लाख रूपैयाँ र तुम्बेवा–२ चुवाडेका युद्धबहादुर तामाङको पनि ४ लाख रूपैयाँ ऋण चलाएका थिए । तर, उहाँहरुले खत्री नदेखेको तीन वर्ष नाघ्यो ।
मौवा बजार जाँदा खत्रीका घर पुग्छन् तर सुनसान देखेपछि फर्किन्छन् । यी तीनजना बाहेक मौवा बजारका अन्य मानिसहरू पनि खत्रीबाट ठगिएका छन् । उज्वलका श्रीमती काठमाडौं आएर महानगरीय अपराध महाशाखामा खत्रीविरुद्ध ठगी मुद्दामा किटानी जाहेरी दिनुभएको छ । तर महाशाखाले नियन्त्रणमा लिन सकेका छैनन् ।
महाशाखाका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले प्रहरीले खत्रीलाई खोजतलास गरिरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्