भक्तपुर, चैत १६ । ब्यवसायी तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गाप्रसाईंले कांग्रेस महामन्त्री गगन थापा र पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग राज्यकोषबाट लिएको रकमको हिसाव किताव माग्नुभएको छ ।
भक्तपुरको सूर्यबिनायक नगरपालिकामा २२ सय स्टलसहित नेपालकै सवैभन्दा ठूलो कृषि बजार उदघाटनको क्रममा आफ्नो धारणा राख्दै प्रसाईंले बाख्रा पालनको नाममा लिइएको ११ करोड रुपैया कहाँ गयो भन्दै कांग्रेस महामन्त्री गगन थापासँग हिसाव माग्नुभयो । यसैगरी पूर्वप्रधानमन्त्री खनाललाई सर्पनाथ खनाको संज्ञा दिँदै प्रसाईंले देश लुटनेहरु मात्रै नेकपा एमालेमा नरहेको बताउनु भयो ।
‘म प्रमाणसहित भन्न चाहन्छु, राज्यकोषबाट ११ करोड लिएर बाख्रा पालनको नाममा गगन थापाले लुटेका छन, यस्को प्रमाण छ, गनन थापाहरु त्यस्को हिसाव देखाउन सक्छन ?’ प्रसाईंले भन्नुभयो । उहाँले गगन थापाहरु हाकाहाकी देशको समृद्धिबिरुद्ध लागेको भन्दै एमाले देश बनाउने र नेपाली युवाहरुलाई नेपालमै रोजगारी दिने अभियानमा रहेको र त्यसैको अभियान आफूले अघि बढाएको बताउनु भयो ।
लालबन्दीमा सर्पको नाममा देशको ढुकुटी लुटने सर्पनाथ खनालहरुले एमालेको बिरोध गरेर आफै नांगिएको प्रसाईंले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्