जनता टाइम्स

१७ चैत्र २०७८, बिहीबार १६:५९

जनकपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


धनुषा, १७ चैत । धनुषाको जनकपुर उपमहानगरपालिका–१४ मा आज स्कुल बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–१ महेन्द्रनगर बस्ने ३५ वर्षीय मनोज लामिछाने रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

जनकपुरबाट लक्ष्मिनियातर्फ जाँदै गरेको पुष्पबाटिका एकेडेमीको प्रदेश २ ०३ ००१ ख ०५३२ नम्बरको बस र बा ८० प ९०९४ नम्बरको मोटसाइकल बिहान ११ बजे ठोक्किएका थिए । दुबै सवारी साधन सहित बस चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।