सिरहा, १८ चैत । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको आज बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।
गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस हुनुभएको थियो ।
उहाँलाई थप उपचारको लागि धरान पुर्याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिनुभयो । उहाँको तीन छोरी र श्रीमती छन् । उहाँ नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्