जनता टाइम्स

२४ असार २०७६, मंगलवार १५:४७

आर्थिक पत्रकारिता तालीम सम्पन्न


चितवन, असार २४

नेपाल पत्रकार महासङ्घ चितवन शाखा र उद्योग वाणिज्य सङ्घ चितवन शाकाको संयुक्त आयोजनामा सञ्चालित आर्थिक पत्रकारिता तालीम आज सम्पन्न भएको छ । आइतबारदेखि शुरु भएको तालीममा जिल्लाका क्रियाशील २८ पत्रकारको सहभागिता थियो ।

सङ्घ अध्यक्ष सहनलाल प्रधानले यस प्रकारको तालीम सञ्चालन गर्ने झण्डै एक दशक अघिदेखिको आफ्नो चाहना पूरा भएको बताउनुभयो । महासङ्घका अध्यक्ष राधेश्याम खतिवडाले सिकेको सीपलाई उपयोगमा ल्याउन सुझाव दिनुभयो ।तालीममा सहभागीले एक–एक विषयमा आलेख तयार गर्नुपर्ने र त्यसलाई उक्त सङ्घले पुस्तकको रूप दिने भएको छ ।