कोलम्बो, २१ चैत । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिनुभएको छ । बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहेका बेला गर्भनर अजित काब्रालले आज पदबाट राजीनामा दिएका हुन् । यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिनुभएको थियो ।
श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ । खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाको समेत अभाव हुन थालेको छ । देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुने गरेको छ । आर्थिक संकटको विरोधमा सर्वसाधारण नागरिक सडकमा उत्रिएपछि कर्फ्यू लगाइएको छ ।












प्रतिक्रिया दिनुहोस्