काठमाडौं, २१ चैत । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’को सदस्यमा मनोनित हुनुभएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको प्रचार–प्रसार समितिको सदस्यमा थानी नियुक्त हुनुभएको हो ।
चैत १५ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ गठन गर्नुभएको थियो ।
सोही बैठकमा उहाँले संयोजक सदस्यहरु मनोनित गर्नुभएको थियो । थानीलाई सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालको अध्यक्षको रुपमा निर्वाचन प्रचार प्रसार समितिको पदेन सदस्यको रुपमा कांग्रेसले राखेको हो । उहाँको नाम ६१ औं नम्बरमा रहेको छ ।













प्रतिक्रिया दिनुहोस्