जनता टाइम्स

२५ चैत्र २०७८, शुक्रबार १५:५३

तनहुँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


तनहुँ, २५ चैत । व्यास नगरपालिका–१२ देउरालीमा लु. ७० प १७१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६२ वर्षीय नन्द गोपाल कार्की छन् । उहाँको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौली हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।