काठमाडौं, २७ चैत । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले देउवा सरकार गठन भएपछि आर्थिक गडबडी सुरु भएको बताउनुभएको छ ।
आइतबार नेकपा एमालेको प्रचार विभागले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै सरकारले औपचारिक व्यापार बढाउनुभन्दा अनाधिकृत व्यापारलाई प्रोत्साहन दिएको आरोप लगाउनुभयो ।
अर्थ प्रणाली गलत र अदृष्य तत्वको हातमा गयो । भू–माफिया र काला तस्करीहरुको चगुंलमा अर्थतन्त्र फस्यो । सरकारले औपचारिक व्यापार बढाउनुभन्दा अनाधिकृत व्यापारलाई प्रोत्साहन दियो, उहाँले भन्नुभयो । खतिवडाले भन्नुभयो सरकारको ध्यान आर्थिक समस्या हल गर्नेभन्दा स्वार्थ सिद्धमा केन्द्रित देखिन्छ । स्वार्थ नमिल्ने कर्मचारीप्रति जाइलाग्ने गरेको देखिन्छ । अर्थतन्त्र गम्भीर संकटमा परेको विषय चर्चामा भइरहँदा सरकार सञ्चो मानेर बसिरहेको उहाँको आरोप छ ।
‘यो सरकारकै कारण अर्थतन्त्रमा खतराको घण्टी बज्यो, एमालेले ल्याएको लोकप्रिय बजेट सरकारले कार्यान्वयन गरेन, उहाँले भन्नुभयो चालु खर्च र पुँजीगत खर्चको सन्तुलन मिलाउन सकेन । पुँजीगत खर्च चैत २५ गते सम्म २६ प्रतिशत मात्रै खर्च भएको छ । आफ्नो कमजोरीको ढाकछोप गर्न राष्ट्र बैंककका गभर्नरलाई निलम्बन गरियो । मूल्य वृद्धिका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्यो । सरकारले बजारलाई छाडा छोडेको छ,’ पूर्वअर्थमन्त्री खतिवडाले भन्नुभयो ।
उहाँले सरकार पैसा हराउने खेलमा लागेकोले बैंकिङ च्यानलमार्फत पैसा नआएको र मुलुक गम्भीर अवस्थामा पुगेको तथ्य पनि राख्नुभयो ।













प्रतिक्रिया दिनुहोस्