जनता टाइम्स

२८ चैत्र २०७८, सोमबार १२:००

सर्लाहीमा बस पल्टिदा चालकसहित २४ जना यात्रु घाइते


सर्लाही, २८ चैत । सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा आज बिहान बस पल्टीदा चालक सहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये ५३ बर्षीया कमला श्रेष्ठ राइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उहाँको जनकपुर स्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्युठान पुगेर मोरङतर्फ फर्कदै गर्दा प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो ।