जनता टाइम्स

२५ असार २०७६, बुधबार १७:५४

बिषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल भित्र्याउन सर्वोच्चको आदेश


काठमाडौं, असार २५

सर्वोच्च अदालतले विषादी परीक्षण गरेर मात्र भारतीय तरकारी नेपाल ल्याउन अन्तरिम आदेश जारी गरेको छ । विषादी परिक्षण नगरी तरकारी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले बुधवार अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई बहसका लागि बोलाएको छ । विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णय विरूद्ध तीनवटा रिट सर्वोच्च अदालतमा दर्ता भएका थिए।

असार ३० गते रिटका दुवैपक्षलाई अदालतले छलफलका लागि झिकाएको छ। उक्त छलफल पछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे सर्वोच्चले अर्को निर्णय गर्ने छ।