जनता टाइम्स

२ बैशाख २०७९, शुक्रबार ११:३५

एमाले अध्यक्ष ओली सर्लाही आउँदै


सर्लाही, २ वैशाख । नेकपा एमालेका केपी शर्मा ओली सर्लाही आउनुहुने भउको छ । भोली नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही आउन लाग्नुभएको हो ।

आशन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका–२, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो ।

सोही कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने एमाले सर्लाहीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।