जनता टाइम्स

७ बैशाख २०७९, बुधबार ०७:०५

गभर्नरसम्बन्धी आदेश : अर्थमन्त्रीले राजीनामा गर्नु उपयुक्त


काठमाडौं, बैशाख ७ । नेपाल राष्ट्र बैंकको स्वयत्ततालाई जोगाउँदै सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीले हालेको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । यो आदेशले अर्थमन्त्री जनार्दन शर्मालाई बहिर्गमनको बाटो देखाइदिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा २४ चैतममा मन्त्रिपरिषद् बैठकले गभर्नर महाप्रसाद अधिकारीले बदनियतपूर्वक काम गरेको कथित आरोप लगाउँदै छानबिन समिति गठन गरेको थियो । त्यो ससमित बन्न नपाउंदै विवादमा परेको छ । । निलम्बनमा पारिएका अधिकारीले ४ वैशाखमा सरकारले गरेको छानबिनको निर्णय खारेजको माग लिएर अदालत पुगेका थिए । अदालतले मंगलवार अन्तरिम कालीन आदेश दिंदै गर्भनरलाई पनर्वहाली गरिदिएको छ ।

पुरानो नजिर
२०५७ सालमा प्रधानमन्त्री कृष्ण्प्रससमख भट्टराईा तत्कालीन अर्थमन्त्री महेश आचार्यको प्रस्तावमा तत्कालीन गर्भनर डा. तिलक रावलाई निलम्बन गरिएको थियो । तर, सर्वोच्च अदालतले उनको पुनस्बहाली गरेपछि महेश आचार्यले नैतिकाताका आधारमा राजीनामा गर्नुभएको थियो। आचार्य गभर्नर नियुक्ति गर्ने क्रममा अर्थमन्त्री नै हुनुहुन्थ्यो ।

उहाँले रावलको नाममा सहमति जनाउनुभएन । तर, तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले रावलको नाममा अड्डी कसेपछि त्यही बेला आचार्यले राजीनामा दिनुभएको थियो । भट्टराईलाई विस्थापित गरेर गिरिजाप्रसाद कोइराला प्रम बनेपछि फेरि आचार्य अर्थमन्त्री बनेर आउनुभयो । उहाँको प्रस्तावमा गभर्नरलाई हटाउने निर्णय गरिएकोमा सर्वोच्चले पुनःबहाली गरेपछि उहाँले राजीनामा दिनुभएको थियो । अहिले जनार्दनको प्रस्तावमा अधिकारीलाई निलम्बन गरिएको थियो । अदालतले अल्पकालीन अन्तरिम आदेश दिँदै उहाँमाथि कुनै कारवाही नगर्न भनेपछि अर्थमन्त्रीमाथि राजीनामा दिनु नैतिक कर्तव्य बन्न गएको छ ।

राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल कारवाही भोगेको गभर्नर र कारवाही गरेको अर्थमन्त्री एकै ठाउमा बसेर काम गर्दा थप तनाव बढ्ने र परिणाममुखी काम ननिसक्ने भन्दै अर्थमन्त्रीले राजीनामा गर्नु उपयुक्त हुने सुझाव दिएका छन् ।

त्यसो त जे पनि जसरी पनि धन थुपार्ने उद्धेश्यका साथ अर्थमन्त्री बनेका शर्मा सहजै हट्ने पक्षमा नभएको एक माओवादी नेताले बताउनुहुन्छ । नेताका अनुसार अर्थमन्त्री शर्माले हुने नहुने सवै काम गर्नकालागि नै अर्थ मन्त्रालय रोज्नुभएको हो । उहाँका एकजना भट्ट थरका विचौलियाको इशारामा सबै खाले धन्दा गर्दै आउनुउको छ ।

भट्टलाई देशको सवैभन्दा ठूले धनी व्यापारी बनाएर मात्र अर्थमन्त्री शर्मा ले विश्रामलिने बताउंदै आउनुभएको माओवादीका एक नेताले बताउनुभयो । उच्च राजनीतिक स्रोतले बताए अनुसार माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा अव शर्मालाई अर्थमन्त्रालयमा राख्ने पक्षमा छैनन् । तर शर्माले देउवालाई भन्दा भाउजुलाई बढी रिझाएका कारण निरन्तरता पाउनेमा बढी आशावादी बनेको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।