जनता टाइम्स

८ बैशाख २०७९, बिहीबार १६:५६

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


लमजुङ, ८ वैशाख । स्थानीय तह निर्वाचनका लागि लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश शिवप्रसाद खनालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाएको बताउनुभयो ।

लमजुङ सदरमुकाम बेसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको हो । लमजुङ जिल्लाका सबै आठ स्थानीय तहमा पनि आजै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उहाँले बताउनुभयो । लमजुङमा चार गाउँपालिका र चार नगरपालिका रहेका छन् ।