पोखरा, १२ वैशाख । नेपाली कांग्रेसले कास्कीको मादी गाउँपालिकाको उम्मेदवार मतदानबाट टुंग्याएको छ । धेरै आकांक्षी भएपछि पार्टीभित्रै मतदान प्रक्रिया अपनाइएको हो । मतदानबाट यसअघि २०७४ मा पराजित भएका देवीजंग गुरुङ नै अध्यक्षको उम्मेद्वार हुने भएका छन् ।
गाउँपालिका पार्टी कार्यसमितिको १४ सदस्यीय संसदीय बोर्डमा मतदान गरिएको हो । देवीजंग गुरुङ, अर्जुन गुरुङ र लेखबहादुर गुरुङबीच प्रतिस्पर्धा भएको थियो । देवीजंगको पक्षमा ७, अर्जुनको पक्षमा ५ र लेखबहादुरको पक्षमा २ मत परेको हो ।













प्रतिक्रिया दिनुहोस्