जनता टाइम्स

२६ असार २०७६, बिहीबार २१:३१

गगन थापाले बनाएका विपी प्रतिष्ठानका उपकुलपति डा. रौनियार ८ लाख घुससहित रंगेहात पक्राउ


काठमाडौँ, असार २६

धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई विहिवार साँझ उनकै सरकारी निवासबाट पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनलाई ८ लाख घूस सहित रंगेहात पक्राउ गरेको जानकारी दिनुभयो । अस्पतालको परिसरभित्रै रहेको निजी निवासबाट घुसको रकमसहित रौनियार प्रक्राउ परेका हुन् । भवन निर्माणसम्वन्धि ठेक्कामा कमिसन माग गरेको उजुरी आयोगमा परेपछि उनिमाथी अख्तियारले निगरानी राखेको थियो ।

उपकुलपति रौनियारसहित अर्का डा. रामहरी रौनियारपनि पक्राउ परेका छन् । डा. रामहरी धरानमै एमबीबीएस सकेर एमडी अध्ययनरत रेसिडेन्ट डाक्टर रहेको बताइएको छ । उनी रौनियारका नातेदार समेत रहेको अख्तियार स्रोतले बतायो ।

उपकुलपति रौनियार राजनीतिक हिसाबमा नेपाली कांग्रेस निकट हुन् । उनलाई गगन थापा स्वास्थ्यमन्त्री हुदा उपकुलपतिमा नियुक्त गरेका थिए । उनिविरुद्ध कयौं उजुरी अख्तियारमा परेको थियो । प्रतिष्ठानमा लामोसमयदेखी वेथिति र भ्रष्टचारको दलदलमा फसेको प्रष्ठिानका विषयमा दर्जनौं उजुरी अख्तियारमा परेका थिए ।